• Privacy Policy
  • Disclaimer
Tuesday, October 7, 2025
Third Pole Times
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

thirdpole times
Third Pole Times
No Result
View All Result

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

Author Avatar न्यूज डेस्क २०८२ असार २७, शुक्रबार १८:५०
शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार मसान्तसम्म स्थानीय तहको बजेट ल्याइसक्नुपर्छ ।

स्थानीय सरकार सञ्चालन ऐन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनलाई मान्दा स्थानीय तहले १० असारभित्रै बजेट ल्याउनुपर्ने व्यवस्था छ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्यो । त्यो पनि एक मिनेट ।

त्यसअघि शुक्रबार बिहान ११ बजे काठमाडौं महानगरको स्रोत समितिको बैठक बसेको थियो, जसमा मेयर बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको झन्डै ६ महिनापछि संयुक्त देखभेट भयो ।

त्यसअघि उनीहरु छुट्टाछुट्टै भेट्ने गरे पनि एकै ठाउँमा भेटिएका थिएनन् । लामो समयपछिको यो भेटमा पनि उनीहरू एकअर्काप्रति खुलेका देखिँदैनन् ।

बैठकमा सहभागी एक सदस्यका अनुसार त्यहाँ सबैको भावभङ्गी केबल ‘औपचारिक’ देखिन्थ्यो । त्यसपछि करिब ३ बज्नै लाग्दा कार्यपालिका बैठक बस्यो ।

उक्त बैठकमा गुरागाईं र मेयर बालेनबीच ‘औपचारिक’ देखादेखबाहेक केही भएन । मेयर बालेनले गुरागाईंलाई सम्बोधन पनि गरेनन् । सिधै ‘कर्मचारी साथीहरू’ भन्दै बालेनले सम्बोधन गरे ।

उपमेयर सुनिता डंगोललाई सम्बोधन गरेका बालेनले बाँकी सबैलाई एकमुष्ट सम्बोधन गरेर सिधै विषय प्रवेश गरेका थिए । ‘मेयरज्यूले सम्बोधन गर्दा नाम पनि लिनुभएन ।

त्यसबाहेक अनौपचारिक रुपमा बोल्ने र हात मिलाउने गरेको पनि हामीले देखेनौँ,’ बैठकमा उपस्थित एक सदस्यले बताए ।

हतारहतार सम्बोधन सकेर विषय प्रवेश गरेका मेयरले महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आगामी २९ असार (आइतबार) आउने जानकारी दिए ।

आइतबार दिनको २ बजे फेरि नगरसभा बस्नेछ । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समेत उनले जानकारी दिए ।

वडाध्यक्ष खुसी, तर सशङ्कित

वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले यो बैठकले ‘बन्धक’ बनेको महानगर केही खुलेको बताए ।

अहिलेको लागि यत्ति हुनु नै सकारात्मक भएकाले थप टिप्पणी आगामी कार्यक्रम र व्यवहारबाटै गरिनुपर्ने उनको भनाइ छ । ‘जेहोस्, अब जनताको लागि काम गर्ने क्रम सुचारु भयो ।

बैठक एक मिनेटमै सकिए पनि यसले केही सकारात्मक सन्देश दिएको छ,’ उनले भने । यसरी लामो समयपछि बोलाइएको बैठकलाई लिएर केही सकारात्मक भए पनि वडाध्यक्षहरू महानगरपालिका भित्रको यो तरिकालाई लिएर आजित सुनिन्छन् ।

उनका अनुसार सबैजना सहभागी भएपछि मेयर बालेन एकाएक हलमा छिर्छन् । आएर छिटोछिटो सम्बोधन गरेर, विषय टुंग्याउँछन् र कसैसँग नबोली एकाएक बाहिर निस्कन्छन् ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पनि बैठकमा सहभागी थिए । तर उनलाई सम्बोधन गर्नसमेत बालेन हिच्किचाए । बालेन निस्किएपछि एकछिनसम्म हलमा बसेका गुरागाईं पनि केहीबेरमा निस्किहाले ।

तपाईको प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

विमानस्थल अध्यागमनका कर्मचारीले  नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

विमानस्थल अध्यागमनका कर्मचारीले नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

कक्षा १२ को परीक्षाआजदेखि

गत वर्षभन्दा यस वर्ष सुधार भयो एसईईको नतिजा

राष्ट्र बैंकको ऋणमाथि सीमित व्यक्तिको नियन्त्रण रहेको भन्दै गभर्नर परिवर्तन गर्नुपर्ने बताए

राष्ट्र बैंकको ऋणमाथि सीमित व्यक्तिको नियन्त्रण रहेको भन्दै गभर्नर परिवर्तन गर्नुपर्ने बताए

ताजा खबर

मधेश : १० मन्त्रालय यथावत

मधेश : १० मन्त्रालय यथावत

सरकार अन्योलमा सर्वोच्चको अन्तरिम आदेशपछि , गृहले महान्यायाधिवक्तालाई गुहार्‍यो

सरकार अन्योलमा सर्वोच्चको अन्तरिम आदेशपछि , गृहले महान्यायाधिवक्तालाई गुहार्‍यो

बालेन बजेटमाथिको छलफलमा अनुपस्थित भएपछि बैठक स्थगित

बालेन बजेटमाथिको छलफलमा अनुपस्थित भएपछि बैठक स्थगित

bhastrachar birudh

भ्रष्टाचारविरुद्ध कवि आक्रोस

नदीमा पानीको बहाब बढेसँगै नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

नदीमा पानीको बहाब बढेसँगै नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

जि.डि. कन्सेप्ट प्रा.लि.
सम्पर्क ठेगाना: काठमाडौं, बागमती प्रदेश
सम्पर्क नं.: +977-9851247203
इमेल: [email protected]


सूचना  विभाग दर्ता नं.: ४६३८/२०८१/२०८२ 
प्रेस काउन्सिल दर्ता नं.: ४६४१/२०८०/२०८१

हाम्रो टीम
अध्यक्ष सम्पादक: डोल्मासाङ तामाङ
Email: dolmasangtamang @kcc.edu.np
सम्पर्क नं.: 9864489820
सम्पादक: अनिल कुलुङ

संवाददाता
इमान तामाङ
युनिशा तामाङ

विज्ञापनको लागि सम्पर्क
+977-9810581727
+977-9849353568
E-mail: [email protected].


ब्यवस्थापन: नोरमान तामाङ
सम्पर्क नं.: 9851247203

© 2024 | thirdpoletimes.com | All Rights Reserved

Designed By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2024 Third Pole Time