• Privacy Policy
  • Disclaimer
Tuesday, October 7, 2025
Third Pole Times
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

thirdpole times
Third Pole Times
No Result
View All Result

शान्ति सुरक्षा कायम गर्ने प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

Author Avatar न्यूज डेस्क २०८१ माघ ३०, बुधबार १५:२६
शान्ति सुरक्षा कायम गर्ने प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा दोषी जोसुकै भए पनि कारबाही गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई निर्देशन दिएका हुन् ।

आज बिहान गृह मन्त्रालयमा प्रहरी प्रमुख कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

मुलुकका केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट र दुव्र्यवहार भइरहेका घटना सार्वजनिक भइरहेकोप्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड थियो ।

‘घटनामा संलग्न जोसुकै संलग्न भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु’, मन्त्री लेखकले भने, ‘समाजमा शान्ति सुरक्षामा खलल पुर्‍याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जो कोही भए पनि कानुनी दायरामा ल्याउन भनिसकेको छु ।’

माघ २६ गते दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भएका थिए ।

उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।

आइतबार प्रहरीमाथि आक्रमण गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए ।

पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सोही घटनामा जोडिएका ५ जनाविरुद्ध जनाविरुद्ध पक्राउ पूर्जी जारी हुँदा अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई ‘उन्मुक्ति’ दिइएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ ।

त्यस्तै, मंगलबार राति धनगढीको ट्राफिक चौराहमा पनि ड्युटी रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको थियो । राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।

प्रहरी स्रोतका अनुसार ड्युउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

विमानस्थल अध्यागमनका कर्मचारीले  नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

विमानस्थल अध्यागमनका कर्मचारीले नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

कक्षा १२ को परीक्षाआजदेखि

गत वर्षभन्दा यस वर्ष सुधार भयो एसईईको नतिजा

ताजा खबर

व्यक्ति-व्यक्तिबीचको ऋण कारोबार ऐन आएको दुई दशकमा पनि दर्ता  भएन

व्यक्ति-व्यक्तिबीचको ऋण कारोबार ऐन आएको दुई दशकमा पनि दर्ता भएन

सौर्य एयरलाइन्स दुर्घटनामा १८ जनाको मृत्यु

सौर्य एयरलाइन्सले गुमायो व्यवस्थापन टिमका उच्च चार अधिकारी

स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोज्नुभयाे माओवादी केन्द्र प्रदेश, लुम्बिनी, राजनीति, banner-tmp

स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोज्नुभयाे माओवादी केन्द्र प्रदेश, लुम्बिनी, राजनीति, banner-tmp

rain_pani_barsha_nepalvani

काठमाडौंसहित विभिन्न भागमा वर्षाको सम्भावना

बजेट प्राथमिकता तोकेरै  ल्याउन सुझाव

बजेट प्राथमिकता तोकेरै ल्याउन सुझाव

जि.डि. कन्सेप्ट प्रा.लि.
सम्पर्क ठेगाना: काठमाडौं, बागमती प्रदेश
सम्पर्क नं.: +977-9851247203
इमेल: [email protected]


सूचना  विभाग दर्ता नं.: ४६३८/२०८१/२०८२ 
प्रेस काउन्सिल दर्ता नं.: ४६४१/२०८०/२०८१

हाम्रो टीम
अध्यक्ष सम्पादक: डोल्मासाङ तामाङ
Email: dolmasangtamang @kcc.edu.np
सम्पर्क नं.: 9864489820
सम्पादक: अनिल कुलुङ

संवाददाता
इमान तामाङ
युनिशा तामाङ

विज्ञापनको लागि सम्पर्क
+977-9810581727
+977-9849353568
E-mail: [email protected].


ब्यवस्थापन: नोरमान तामाङ
सम्पर्क नं.: 9851247203

© 2024 | thirdpoletimes.com | All Rights Reserved

Designed By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2024 Third Pole Time