• Privacy Policy
  • Disclaimer
Wednesday, March 18, 2026
Third Pole Times
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

thirdpole times
Third Pole Times
No Result
View All Result

रोकियो विधेयक मन्त्री नै झुक्किँदा

Author Avatar न्यूज डेस्क २०८१ माघ २६, शनिबार ०८:२५

 

काठमाडौँ, माघ २६ गते । प्रस्तावक मन्त्री नै संसद्को कार्यविधि र प्रचलित अभ्यासमा स्पष्ट नहुँदा प्रतिनिधि सभामा विधायनसम्बन्धी विधेयक पारितको कार्यसूची स्थगन भएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिले प्रतिवेदन बुझाइसकेको अवस्थामा सरकारले विधेयकमा थप संशोधन चाहेपछि त्यसलाई समावेश गर्ने प्रक्रियामा मन्त्री अलमलमा पर्नुभएको हो । सरकारको प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले वक्तव्यमा सामेल गरेपछि प्रक्रियागत त्रुटि हुने भन्दै विधेयकमा जबाफ र पारितको कार्यसूची स्थगित गरिएको हो ।

समितिको प्रतिवेदनसहितको विधेयक छलफलका लागि पेसका क्रममा मन्त्री चौरसियाले नै संशोधनको विषय प्रस्तुत गरेपछि सभामुख देवराज घिमिरेसमेत अन्योलमा पर्नुभयो । सभामुख घिमिरेले मन्त्री चौरसियालाई रोक्ने प्रयास गरे पनि संशोधन गर्नुपर्ने अवस्था आएकाले धारणा राख्नुपर्ने भन्दै मन्त्रीले वक्तव्यलाई निरन्तरता दिनुभयो । वक्तव्य निरन्तर भई विधेयकमा छलफल पनि भएपछि जबाफ र पारितको कार्यसूची भने सभामुख घिमिरेले हटाउनुभएको हो ।

विधायनसम्बन्धी विधयेकमा सरकारले दफा २१ का केही व्यवस्थामा थप संशोधन चाहेको थियो । कानुन मन्त्रालयमार्फत उक्त प्रस्ताव संसद्मा लगिए पनि सभामुख तथा संसद्का अन्य पदाधिकारीलाई जानकारी थिएन । नेपाल सरकारको कार्यसम्पादन नियमावलीको आठौँ संशोधन अनुकूल बनाउन विधेयकमा सरकारले संशोधन चाहेको हो । उक्त संशोधनले प्रत्यायोजित विधायन अन्तर्गत बन्ने विनियम, निर्देशिका, कार्यविधि, मापदण्ड तर्जुमामा मन्त्रीपरिषद्मा पेस गर्नुपर्ने व्यवस्था हेरफेर गरेको थियो । यही अनुसार विधेयकका दफा २१ मा रहेको प्रत्यायोजित विधायन तर्जुमामा कानुन मन्त्रालयबाट स्वीकृति लिनुपर्ने केही व्यवस्थामा सरकारले संशोधन गर्न खोजेको थियो । प्रत्यायोजित विधायनको कानुन अनुकूल सरकारले विधेयक परिमार्जन खोजेको हो ।  सामान्यतया समितिको प्रतिवेदन सभामा पेस भइसकेको अवस्थामा कुनै संशोधन आवश्यक भएमा दलीय सहमतिमा सांसदमार्फत त्यस्ता विषय उठाउन लगाउने प्रचलन छ । यसरी उठाउने विषयलाई लिखित वा मौखिक दुवै रूपमा स्वीकार गर्ने गरिएको छ । सांसदहरूले उठाएका विषयलाई सरकारका तर्फबाट विभागीय मन्त्रीले जबाफका क्रममा स्वीकार गरी प्रतिवेदनकै अङ्ग मान्ने संसदीय अभ्यास छ तर शुक्रबार मन्त्री चौरसियाले सरकारले चाहेको संशोधन नै स्वयं आफैँ प्रस्ताव गरेपछि सभामुख र सांसदहरू अलमलमा परेका थिए ।

के भएको थियो सभामा ?

नियमित कार्यसूचीको दोस्रो नम्बरमा समितिको प्रतिवेदनसहितको विधेयकको प्रस्ताव छलफल र पारितको कार्यसूची थियो । मन्त्री चौरसियाले छलफलको प्रस्ताव पेसकै क्रममा सरकारले चाहेको संशोधनसमेत वक्तव्य दिन लागेपछि सभामुख घिमिरेले रोक्ने प्रयास गर्नुभयो । घिमिरेले भन्नुभयो, “माननीय मन्त्रीज्यू, हाम्रो विधि अनुसार यो प्रस्तावलाई निर्णयार्थ पेस र माननीयज्यूले छलफलमा भाग लिन बाँकी छ ।”

मन्त्री चौरसियाले भने संशोधन आवश्यक भएकाले स्पष्ट पार्न जरुरी भएको भन्दै वक्तव्य जारी राख्नुभयो । उहाँले “यसमा केही संशोधनको कुरा आएकाले, छलफलमा ती कुरा राख्नुपर्ने भएकाले..” भन्दै वक्तव्य जारी राख्नुभयो ।

चौरसियाले माघ २४ गते नेपाल राजपत्रमा प्रकाशित संशोधित नियमावलीको व्यवस्था पढेर सुनाउनुभयो । उक्त संशोधनमा मूल नियमावलीको अनुसूची १ हेरफेरको विषय सामेल छ । उहाँले नयाँ नियमावली आएकाले ती विषय सामेल गर्नुपर्ने आवश्यक भएको आग्रह पनि बैठकमा गर्नुभयो ।  मन्त्रीको वक्तव्यपछि छलफल प्रारम्भ गरिएको थियो ।  छलफलकै क्रममा सचिवालयका कर्मचारीले मन्त्री चौरसिया र संसद्का महासचिवसँग समेत अन्योलबारे परामर्श गरेर बैठक रोक्न सभामुखलाई सुझाएका थिए । छलफलमा सांसदहरू पूर्णबहादुर घर्ती, अच्युत मैनाली, विराजभक्त श्रेष्ठ, चन्दा कार्की भण्डारी, किरणकुमार साह, प्रेम सुवाल, सुमना श्रेष्ठ, हितराज पाण्डे र सुशीला थिङले सहभागिता पनि जनाउनुभयो । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेबाहेक अन्यले मन्त्रीको अन्योलबारे प्रश्न गर्नुभएन ।

पाण्डेले भने मन्त्रीको प्रस्तुतिले अन्योल बढाएको भन्दै स्पष्टता माग गर्नुभयो । पाण्डेले भन्नुभयो, “माननीय मन्त्रीजीले प्रस्ताव राख्ने क्रममा के भन्नुभएको हो, त्यो कुरा नबुझेर म यहाँ स्पष्टताका लागि उपस्थित भएको छु । उहाँले राख्नुभएको विषयवस्तु स्पष्ट भएको छैन । पहिलो कुरा के हो, स्पष्टताको माग गर्दछु ।”

नियमावलीमा के भयो संशोधन ?

नियमावलीको नियम २१ संशोधनका क्रममा सरकारले अनुसूची हेरफेर गरेको थियो । मूल नियमावलीमा नेपाल सरकारले बनाउनुपर्ने, स्वीकृत गर्नुपर्ने वा सहमति दिनुपर्ने नियम, विनियम, गठन आदेश, निर्देशिका, कार्यविधि, मापदण्ड वा जारी गर्नुपर्ने आदेशलाई मन्त्रीपरिषद्मा पेस गर्नुपर्ने व्यवस्था थियो । हालै भएको आठौँ संशोधनले नेपाल सरकारले बनाउनुपर्ने नियम र गठन आदेश तथा प्रचलित कानुनबमोजिम नेपाल सरकार मन्त्रीपरिषद्ले बनाउनुपर्ने निर्देशिका, कार्यविधि, मापदण्ड वा जारी गर्नुपर्ने आदेशलाई मात्र समेटेको थियो ।

यस्तै विधायनसम्बन्धी विधेयकको दफा २१ मा नेपाल सरकारले बनाउने नियम, नेपाल सरकारबाट स्वीकृत हुने नियम, गठन आदेश, गठन आदेश अन्तर्गतका विकास समितिले बनाएको नियम र ऐनले दिएको अधिकारबमोजिम नेपाल सरकार वा सम्बन्धित मन्त्रालयबाट स्वीकृत हुने कार्यविधि, निर्देशिका, मापदण्ड वा जारी हुने आदेश तर्जुमामा कानुन मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । यस्तै नेपाल सरकारबाट स्वीकृत हुनुपर्ने सङ्गठित संस्थाका नियम वा विनियममा पनि स्वीकृति अनिवार्य गरिएको छ ।

Author

नारायण काफ्ले

तपाईको प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

विमानस्थल अध्यागमनका कर्मचारीले  नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

विमानस्थल अध्यागमनका कर्मचारीले नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

कक्षा १२ को परीक्षाआजदेखि

गत वर्षभन्दा यस वर्ष सुधार भयो एसईईको नतिजा

ताजा खबर

pankaj chaudhary

डा.पंकज चौधरीलाई करागार चलान

४ म्याग्निच्युडको भूकम्प डोल्पामा

४ म्याग्निच्युडको भूकम्प डोल्पामा

बन्द भएको विमानस्थल उद्धारको काम सकिएपछि खुल्यो

बन्द भएको विमानस्थल उद्धारको काम सकिएपछि खुल्यो

गर्मी ३५ वर्षयताकै उच्च, मनसुन बल्ल मधेशमा

गर्मी ३५ वर्षयताकै उच्च, मनसुन बल्ल मधेशमा

सर्वोच्च अदालत १५ न्यायाधीशमा झर्‍यो

स्रोत नखुलेको सम्पत्ति आर्जन गरेका कुनै व्यक्तिको अरु अपराध नभेटिएकै आधारमा सम्पत्ति शुद्धीकरणको अभियोगबाट उन्मुक्ति नमिल्ने

जि.डि. कन्सेप्ट प्रा.लि.
सम्पर्क ठेगाना: काठमाडौं, बागमती प्रदेश
सम्पर्क नं.: +977-9851247203
इमेल: [email protected]


सूचना  विभाग दर्ता नं.: ४६३८/२०८१/२०८२ 
प्रेस काउन्सिल दर्ता नं.: ४६४१/२०८०/२०८१

हाम्रो टीम
अध्यक्ष सम्पादक: डोल्मासाङ तामाङ
Email: dolmasangtamang @kcc.edu.np
सम्पर्क नं.: 9864489820
सम्पादक: अनिल कुलुङ

संवाददाता
इमान तामाङ
युनिशा तामाङ

विज्ञापनको लागि सम्पर्क
+977-9810581727
+977-9849353568
E-mail: [email protected].


ब्यवस्थापन: नोरमान तामाङ
सम्पर्क नं.: 9851247203

© 2024 | thirdpoletimes.com | All Rights Reserved

Designed By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2024 Third Pole Time