• Privacy Policy
  • Disclaimer
Wednesday, March 18, 2026
Third Pole Times
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

thirdpole times
Third Pole Times
No Result
View All Result

यसरी बन्दै छ ६ लेनको सूर्यविनायक धुलिखेल सडक

Author Avatar न्यूज डेस्क २०८१ माघ १९, शनिबार ०९:००
यसरी बन्दै छ ६ लेनको  सूर्यविनायक धुलिखेल सडक

 

 

काठमाडौँ । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर  सडक ६ लेन  विस्तार कार्यले गति लिन थालेको छ । भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तार भइरहेको छ ।

वि.सं. २०७९ पुस २४ बाट सुरु गरिएको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएपनि अहिलेसम्म करिब ३० प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ ।

सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको आयोजनाले बताएको छ ।

अहिले सो सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ त्यसै गरी सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठुलो घुम्ती, तल ठुलो भिर भएकाले काम गर्न केही अफ्ट्यारो परेको छ ।

आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको यो सडकखण्डमा यस वर्ष सरकारले ५४ करोड रुपैयाँ अर्थात् सात प्रतिशतमात्रै बजेट निकासा गरेको छ। यस्तो अवस्थामा काम गर्न गाह्रो, मजदुर थप्न समस्या, सामान खरिदमा समस्या हुने भएकाले पनि काममा ढिलाइ हुन गएको छ । सरकारले सम्झौताअनुसार बजेट निकासा गरिदिए अझै पनि निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न सक्ने आयोजनाको दाबी छ ।

यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब रुपैयाँ लाग्ने आयोजनाले अनुमान गरेको छ। अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ। यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको छ।

 

साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको डिपिआर अध्ययनले देखाएको छ। उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो। यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने छ।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो। यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत् कायम गरेको थियो र सोही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको थिए।

 

सडक विस्तार भएपछि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने  छ। यो सडकमा हाल कोटेश्वरबाट लामा दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ।

संघीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौँ आवतजावत गर्दै आएका छन्।

 

तपाईको प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

विमानस्थल अध्यागमनका कर्मचारीले  नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

विमानस्थल अध्यागमनका कर्मचारीले नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

कक्षा १२ को परीक्षाआजदेखि

गत वर्षभन्दा यस वर्ष सुधार भयो एसईईको नतिजा

ताजा खबर

अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ मनाइँदै

सौर्य एयरका घाइते पाइलट शाक्यको मेरुदण्डको अपरेशन गरिँदै

सौर्य एयरका घाइते पाइलट शाक्यको मेरुदण्डको अपरेशन गरिँदै

१२ कक्षाको परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

१२ कक्षाको परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

दुई विषय रवि लामिछानेको थुनछेक बहसमा उठेका

दुई विषय रवि लामिछानेको थुनछेक बहसमा उठेका

miter-byaj-janakpurdham_Nepalvani

धनुषामा मिटरब्याजीविरुद्धका उजुरीमा ‘मिल्ने हदसम्म’ मिलापत्र

जि.डि. कन्सेप्ट प्रा.लि.
सम्पर्क ठेगाना: काठमाडौं, बागमती प्रदेश
सम्पर्क नं.: +977-9851247203
इमेल: [email protected]


सूचना  विभाग दर्ता नं.: ४६३८/२०८१/२०८२ 
प्रेस काउन्सिल दर्ता नं.: ४६४१/२०८०/२०८१

हाम्रो टीम
अध्यक्ष सम्पादक: डोल्मासाङ तामाङ
Email: dolmasangtamang @kcc.edu.np
सम्पर्क नं.: 9864489820
सम्पादक: अनिल कुलुङ

संवाददाता
इमान तामाङ
युनिशा तामाङ

विज्ञापनको लागि सम्पर्क
+977-9810581727
+977-9849353568
E-mail: [email protected].


ब्यवस्थापन: नोरमान तामाङ
सम्पर्क नं.: 9851247203

© 2024 | thirdpoletimes.com | All Rights Reserved

Designed By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2024 Third Pole Time