• Privacy Policy
  • Disclaimer
Tuesday, October 7, 2025
Third Pole Times
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

thirdpole times
Third Pole Times
No Result
View All Result

नेपाली खेलाडीका लागि विदेशी खेलाडी हावी हुँदा कति फाइदाजनक बन्यो एनपीएल ?

Author Avatar न्यूज डेस्क २०८१ पुष १०, बुधबार ०८:२७
नेपाली खेलाडीका लागि विदेशी खेलाडी हावी हुँदा कति फाइदाजनक बन्यो एनपीएल ?

 

९ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सफलतापूर्वक सम्पन्न भयो । ८ फ्रेन्चाइज टिमहरूका बीचमा भएको प्रतियोगितामा जनकपुर बोल्ट्स उपाधि जित्न सफल रह्यो ।

नेपालमा पहिलोपटक आयोजना भएको यस फ्रेन्चाइज क्रिकेट लिगले विश्वकै ध्यान तान्न सक्यो । नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आयोजित एनपीएलले विश्वव्यापी चर्चा कमाइसकेको छ ।

एनपीएल आयोजना गर्नुको मूल उद्देश्यमध्ये एक हो- नेपाली खेलाडीहरूलाई एक्सपोजर र अनुभवका साथ धेरैभन्दा धेरै फाइदा पुगोस् । एनपीएल सम्पन्न भइरहँदा यसबाट नेपाली खेलाडी कति लाभान्वित भए त ?

एनपीएलमा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुवै सूचीमा विदेशी खेलाडीहरू शीर्षस्थानमा रहे । प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि विदेशी खेलाडी नै घोषित भएका थिए ।

समग्रमा प्रतियोगितामा नेपाली खेलाडीहरूभन्दा विदेशी नै हावी भएको देखियो । धेरै नेपाली खेलाडीहरूले आफ्नो क्षमताअनुसार सोचेअनुरूप प्रदर्शन गर्न सकेनन् ।

विदेशी खेलाडी हावी

प्रतियोगिताका तथ्यांकले नै एनपीएलमा विदेशी खेलाडीको प्रभुत्व देखाउँछ । प्रतियोगिताका मुख्य विधामा नेपालीभन्दा विदेशी खेलाडी अगाडि रहे भने उत्कृष्ट खेलाडीको अवार्डमा पनि विदेशी नै परे ।

प्रतियोगितामा सर्वाधिक रन बनाउने शीर्ष १५ खेलाडीमध्ये ९ जना विदेशी रहे भने १० भन्दा बढी विकेट लिने १२ जना खेलाडीमध्ये ८ जना पनि विदेशी नै । तथ्यांकलाई एकछिन थाती राखेर म्याच विनिङ प्रदर्शनको कुरा गर्ने हो भने त्यसमा पनि विदेशी खेलाडी नै धेरैजसो अगाडि देखिए ।

ब्याटिङमा हालका राष्ट्रिय खेलाडीहरूमा रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले शानदार प्रदर्शन गर्दा आसिफ शेख, अनिल शाहलगायत अन्यको प्रदर्शन भने मध्यम रह्यो । सबैभन्दा धेरे निराशाजनक ब्याटिङ भने कुशल भुर्तेलबाट भयो । उनले प्रतियोगिताभर ७ खेलमा ५४ रन मात्र बनाए जबकि उनी एक खेलमै त्यस्तै रेन्जमा रन बनाइरहने क्षमताका लागि परिचित छन् ।

बलिङमा ललित राजवंशीले शानदार प्रदर्शन गर्दा करण केसी र सोमपाल कामीको प्रदर्शन मध्यम रह्यो । स्टार लेगस्पीनर सन्दीप लामिछानेको पनि प्रदर्शन राम्रो हुन सकेन । विश्वका धेरै ठूला लिगहरू खेलिसकेका उनको बलिङ प्रतियोगितामा फितलो हुनु आश्चर्यजनक थियो । अलराउण्डर गुल्सन झाका लागि पनि प्रतियोगिता मध्यम रह्यो । समग्रमा उनले पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् ।

उपाधि विजेता जनकपुर बोल्ट्सलाई यो सफलतामा विदेशी खेलाडीहरू जिमी नीशम, लाहिरु मिलान्था, हर्श थाकर, मोहमद मोहसिनसँगै ललितको भूमिका पनि उत्तिकै महत्वपूर्ण देखिन्थ्यो । त्यसैगरी सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पुर्‍याउन विनोद भण्डारी र दिपेन्द्रसिंह ऐरीसँगै स्कट कुग्लेइन र सेफ अली जैबको भूमिका उत्कृष्ट रह्‍यो ।

त्यस्तै कर्णाली याक्सका लागि विलियम बोसिस्टो, चाडविक वाल्टन र जीशान मकसुदले राम्रो खेल्दा आइकोनिक खेलाडी विपिन प्रसाद शर्माले बलिङमा शानदार प्रदर्शन गरेका थिए । चितवन राइनोजका रवि बोपारा र सोहेल तनविरलाई रिजन ढकाल र कुशल मल्लले उत्कृष्ट ढङ्गले सघाउँदा टिम प्लेअफमा पुग्न सफल भएको थियो ।

नेपालको घरेलु मैदानमा नेपाली ब्याटरहरू नै रन बनाउन संघर्ष गरिरहँदा विदेशी खेलाडीहरू भने पिचमा भिजेर खेलिरहेका देखिन्थे । कर्णालीले प्लेअफका बेला भित्र्याएका जयकिशन कोल्सावालाले पहिलो खेलमा नै शानदार ब्याटिङ गर्दै कर्णालीको जितको आधार तय गरेका थिए । कर्णालीकै विल बोसिस्टो पनि आउँदाबित्तिकैको खेलदेखि ब्याटिङ र बलिङ दुवैमा राम्रो खेले ।

विदेशी खेलाडीहरू विश्वका धेरै ठाउँमा खेलिसकेका हुनाले पिचको अवस्था थाहा हुने र टिकेर खेल्न सक्ने सहनशील हुन्छन् तर घरेलु मैदानमा नै प्रदर्शन गर्न नसक्नु चाहिँ केही हदसम्म हाम्रो खेलाडीको कमजोरी नै मान्नुपर्छ किनभने यो आज नभएर वर्षौंदेखिको समस्या हो ।

आशा देखाएका खेलाडीहरू

एनपीएलको समापन हुँदा राष्ट्रिय टोली वा उमेर समूहबाट खेलिसकेका केही र नयाँ प्रतिभाका रूपमा के‍ही खेलाडीहरूले भने आशा देखाएका छन् ।

पोखरा एभेन्जर्सका बायाँहाते ओपनिङ ब्याटर दिनेश खरेल न्युजिल्याण्डमा बस्दै आएका छन् । पोखराको प्रदर्शन फितलो भएपनि उनले उच्च मनोबलका साथ खेलेका थिए । उनको शट सेलेक्सन पनि राम्रो देखिएको थियो । उनले ७ खेलमा १६२ रन बनाएका थिए ।

उनी धेरै रन बनाउने नेपाली खेलाडीमध्ये नै रहे । उनले भविष्यमा मौका पाएमा नेपाली टोलीबाट खेल्न चाहेको समेत बताएका थिए ।

त्यसैगरी नेपालको राष्ट्रिय टोलीबाट लामो समय खेलिसकेका विनोद भण्डारीले एनपीएलमा सुदूरका लागि राम्रो खेले । उनले ब्याटिङ र विकेट किपिङ दुवैमा राम्रो प्रदर्शन गरेका थिए । अब आउँदै गरेको आइसीसी टी२० विश्वकप छनोटको टिम सेलेक्सनका लागि प्रशिक्षकको नजरमा उनी पनि एक विकल्प हुन सक्छन् ।

एनपीएलमा आशा देखाएका अर्का खेलाडी हुन् कर्णालीका आइकोनिक खेलाडी विपिन प्रसाद शर्मा । ट्यालेन्ट हन्टबाट आएका उनले कर्णालीको बलिङमा मुख्य स्पिनरकै भूमिका निर्वाह गरे । उदयीमान खेलाडी समेत घोषित उनी आफूलाई अहिल्यै धेरै हाइप नदिन आग्रह गरिरहँदा सेलेक्टरको नजरमा भने अवश्य परेका छन् । निकट भविष्यमा यसपछि गर्ने प्रदर्शनले उनको पनि उमेर समूह हुँदै राष्ट्रिय टोलीमा ढोका खुलाउन सक्नेछ ।

 

त्यसैगरी एनपीएलमा आशा देखिएका अन्य खेलाडीहरूमा बसिर अहमद, नन्दन यादव, किशोर महतो, नरेन साउद र विपिन खत्री छन् । बसिर अहमद एनपीएलमा विराटनगर किंग्सबाट खेल्दा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनले ७ खेलमा १८१ रन बनाएका थिए । बलिङबाट ६ विकेट पनि लिएका थिए । उनकी नेपाली यू१९ र राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । पछिल्लो समय राष्ट्रिय टोलीमा नअटाएका उनको टोलीमा पुनरागमन हुन सक्छ ।

नन्दन यादव र किशोर महतो हाल अस्ट्रेलियामै बस्छन् । किशोरले राष्ट्रिय टोलीबाट मौका पाइसकेका छन् भने नन्दन यादवले पहिले यू१९ टोलीबाट खेलेका छन् । उनीहरूले एनपीएलमा टोलीका लागि राम्रो बलिङ प्रदर्शन गरेका थिए ।

त्यस्तै नरेन साउद हाल नेपालको यू१९ टोलीमा छन् । बाँयाहाते स्पीन बलर नरेनले यू१९ टोलीबाट पनि राम्रो गर्दा सुदूरका लागि खेलेको पहिलो खेलमै ५ विकेट लिएर सनसनी मच्चाएका थिए । उनी पनि निकट भविष्यमा नेपाली टोलीका लागि एउटा प्रोस्पेक्ट हुन सक्छन् ।

विपिन खत्री घरेलु क्रिकेटमा निकै राम्रो खेलिरहेका खेलाडी हुन् । बाँयाहाते स्पीन बलिङ गर्ने उनी घरेलु क्रिकेटमा गण्डकी प्रदेशको कप्तान समेत रहेका छन् । उनले एनपीएलमा पोखरा एभेन्जर्सबाट खेल्दा ७ खेलमा ९ विकेट लिएका थिए । उनले नेपालको कुनै पनि टोलीबाट खेल्न बाँकी छन् । नेपालको घरलु क्रिकेटमा राम्रो गरिरहेका खेलाडीमध्ये उनी पर्छन् ।

समग्रमा कस्तो ?

नेपाली खेलाडीका लागि भनेर आयोजना गरिएको यस प्रतियोगितामा आशा गरिएका नेपाली खेलाडीहरूकै फितलो प्रदर्शनले फर्ममा पनि धक्का पुगेको छ । प्रतियोगिताहरू त्यति नभइरहेको अवस्थामा खेलाडीहरूको लयलाई सन्तुलित राखिरहन एनपीएलले ठूलो योगदान दिने अपेक्षामा केही हदसम्म मात्र सफल भएको देखिन्छ ।

तर यसको आशय नेपाली खेलाडीहरूमथि थप दबाब बढ्यो भन्न खोजिएको चाहिँ होइन । एनपीएलमा केही आशालाग्दा खेलाडी नचल्दा क्रिकेट नै बिग्रियो भन्नु पनि उपयुक्त हुन्न । तर जुन हिसाबको प्रदर्शन नेपाली खेलाडीहरूबाट आशा गरिएको थियो त्यसमा केही खेलाडीले मात्र न्याय दिँदा केहीले फर्ममा सुधार ल्याउनै सकेनन् ।

एनपीएलकै क्रममा चितवन राइनोजका बलर रिजन ढकाललाई विदेशी खेलाडीहरूको बारेमा प्रश्न गर्दा उनले विदेशी खेलाडी भनेको अनुभवी हुन्छन् उनीहरूले यसैपनि राम्रो खेल्छन्, वास्तवमा एनपीएल भनेको नेपाली खेलाडीहरूका लागि आयोजना गरिएको हो जहाँ नेपालीहरूकै प्रदर्शन बढी मात्रामा बलियो हुनुपर्ने उनको पनि धारणा थियो ।

रिजनले भनेजस्तै एनपीएल नेपाली खेलाडीहरूकै लागि थियो । त्यसमा कस्तो प्रदर्शन गरें भनेर खेलाडी स्वयंले पनि आफ्नो मूल्यांकन गर्न सक्छन् । त्यसपछि आगामी दिनहरूमा कमजोरी पत्ता लगाएर त्यसमा काम गर्दै आफ्नो लयलाई पुनः ट्र्याकमा ल्याउन मेहेनत गर्नुपर्ने हुन्छ ।

समग्रमा भन्नुपर्दा एनपीएलमा नेपाली खेलाडीहरूलाई केही सिक्ने र आफ्नो बेस्ट दिने अवसर प्राप्त थियो भने केहीलाई बिग्रदों फर्मलाई सुधार्ने मौका थियो जसमा केही सफल पनि भए भने केही चुके पनि । केहीको प्रदर्शन ठीकठाक भयो । एनपीएलले कतिको फर्मलाई कन्सिस्टेन्ट बनाइँदिदा कतिको भने एक्सपोज नै गरिदिएको छ ।

विश्वका लिगहरू खेलिरहेका पाहुना खेलाडीहरूको प्रदर्शन त यसैपनि राम्रो हुन्छ । उनीहरूको फर्म टेम्पोररी तर क्लास पर्मानेन्ट हुन्छ । उनीहरूबाट एनपीएलका दौरान धेरै नेपाली खेलाडीहरूले धेरै कुरा सिक्ने अवसर पाए । केहीले विदेशीको उपस्थितिकै कारण उच्च मनोबलका साथ आफ्नो प्रदर्शन उच्च बनाए ।

आगामी दिनमा आफ्नो लयलाई सुधार्न नसकेमा वा सोचेअनुरूप प्रदर्शन गर्न नसकेको अवस्थामा नेपाली क्रिकेटमा केही परिचित अनुहारलाई प्रतिस्थापन गर्न नयाँको प्रवेश भएमा अचम्म मान्नुपर्ने छैन ।

एनपीएल

तपाईको प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

विमानस्थल अध्यागमनका कर्मचारीले  नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

विमानस्थल अध्यागमनका कर्मचारीले नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

कक्षा १२ को परीक्षाआजदेखि

गत वर्षभन्दा यस वर्ष सुधार भयो एसईईको नतिजा

ताजा खबर

उच्च गर्मीमा बस्ने ऊँटलाई भारी बोकाएर मुक्तिनाथ पुर्‍याइँदै : प्राणीमाथि अत्याचार

उच्च गर्मीमा बस्ने ऊँटलाई भारी बोकाएर मुक्तिनाथ पुर्‍याइँदै : प्राणीमाथि अत्याचार

स्ववियुलाई चन्दा असुली र आतंकको अखडा बनाउने कि विद्यार्थी कल्याणको ज्ञानपुञ्ज

स्ववियुलाई चन्दा असुली र आतंकको अखडा बनाउने कि विद्यार्थी कल्याणको ज्ञानपुञ्ज

समस्याग्रस्त २२ सहकारीमा डेढ अर्ब फिर्ता

समस्याग्रस्त २२ सहकारीमा डेढ अर्ब फिर्ता

सामुदायिक विद्यालयको खस्कदो साख चुनौतीः सभामुख मण्डल

सामुदायिक विद्यालयको खस्कदो साख चुनौतीः सभामुख मण्डल

बन्द भएको विमानस्थल उद्धारको काम सकिएपछि खुल्यो

आज प्रतिकुल मौसमका कारण आन्तरिक उडानहरू प्रभावित

जि.डि. कन्सेप्ट प्रा.लि.
सम्पर्क ठेगाना: काठमाडौं, बागमती प्रदेश
सम्पर्क नं.: +977-9851247203
इमेल: [email protected]


सूचना  विभाग दर्ता नं.: ४६३८/२०८१/२०८२ 
प्रेस काउन्सिल दर्ता नं.: ४६४१/२०८०/२०८१

हाम्रो टीम
अध्यक्ष सम्पादक: डोल्मासाङ तामाङ
Email: dolmasangtamang @kcc.edu.np
सम्पर्क नं.: 9864489820
सम्पादक: अनिल कुलुङ

संवाददाता
इमान तामाङ
युनिशा तामाङ

विज्ञापनको लागि सम्पर्क
+977-9810581727
+977-9849353568
E-mail: [email protected].


ब्यवस्थापन: नोरमान तामाङ
सम्पर्क नं.: 9851247203

© 2024 | thirdpoletimes.com | All Rights Reserved

Designed By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2024 Third Pole Time