• Privacy Policy
  • Disclaimer
Tuesday, October 7, 2025
Third Pole Times
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

thirdpole times
Third Pole Times
No Result
View All Result

एनपीएलमा लगातार ४ खेल जितेको जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोएल्सले लगायो ब्रेक

सुदूरपश्चिमले पहिलो इनिङ्समा राम्रो ब्याटिङ सुरुवात गरे तर मिडल ओभरमा विकेट गुमाउँदा ठूलो स्कोरसम्म पुग्न सकेन ।

Author Avatar न्यूज डेस्क २०८१ मंसिर २६, बुधबार १३:५३
एनपीएलमा लगातार ४ खेल जितेको जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोएल्सले लगायो ब्रेक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चार खेल जितेको जनकपुर बोल्ट्सको अपराजित यात्रामा सुदूरपश्चिम रोएल्सले बुधबार ब्रेक लगाएको छ ।

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स ५१ रनमै अलआउट भयो । एनपीएलमा यो सबैभन्दा कम स्कोर हो ।

किशोर महतोको ४ विकेट मद्तमा विपक्षीलाई १२३ रनमै रोकेको जनकपुरले दोस्रो इनिङ्समा ब्याटिङ गर्दा निकै कमजोर प्रदर्शन गर्दा १२.१ ओभर मात्र क्रिजमा टिक्न सक्यो ।

जनकपुरका कप्तान अनिल शाहले पहिलो हारपछि प्लेअफ अघि नै यस्तो प्रदर्शन हुँदा टिम परीक्षण भएको बताए ।

जनकपुरको पहिलो हारपछि अंकतालिका रोचक बनेको छ । सुदूरपश्चिम र जनपुरको ५ खेलबाट ४ जित र १ हारसहित समान ८ अंक छ । राम्रो नेटरनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा उक्लँदा जनकपुर दोस्रो स्थानमा झरेको छ ।

यसपछि रहेका चितवन राइनोज र कर्णाली याक्सको समान ६ अंक छ । चितवन र कर्णालीले ५ खेल खेल्दा ३ मा जित  र २ हारको नतिजा निकालेको छ ।

जनकपुरले अब लिग चरणमा काठमान्डु गुर्खाज र चितवन राइनोजसँग खेल्न बाँकी छ ।

सुदूरको स्पीनसामु जनकपुर निरिह

लो स्कोर भएको खेलमा सुदूरपश्चिमले पहिलो ओभरदेखि नै स्पीनरबाट आक्रमण गरेको थियो ।

दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको जनकपुर बोल्ट्सले हरेक ओभरजसो विकेट गुमाएको थियो ।

दोस्रो ओभरमै कप्तान अनिल साह खाता नखोली आउट भए । उनलाई सैफ जैबले आउट गरे । तेस्रो ओभरमा आसिफ शेख र हर्श थाकर आउट भए । सुदूरका कप्तान दीपेन्द्र आफैं बलिङमा आएर बसिफलाई आउट गरे भने थाकर रनआउट भए ।

चौथो ओभरमा लाहिरु मिलान्था र शुभ कंसाकार आउट भए । दुवैलाई इशान पाण्डेले आउट गरे । पाँचौ र छैटौं ओभरमा जनकपुरले कुनै विकेट गुमाएन । जिमी नीशम क्रिजमा हुँदासम्म जनकपुरको आशा कायम थियो ।

तर सुदूरपश्चिमका कप्तान दीपेन्द्रले सातौ‌ं ओभरमा जिमी नीशमलाई बोल्ड गरेपछि जनकपुरको इनिङ्स धरासयी नै बन्यो । दीपेन्द्रले नीशमको विकेटपछि आफ्नो ट्रेडमार्क समरसल्ट सेलेब्रेसन गरेका थिए । उनले विशेष विकेटमा मात्र यस्तो सेलेब्रेसन गर्दै आएका छन् ।

आठौँ ओभरमा अरिनको यादव, नवौँ ओभरमा शेर मल्ल, दशौँ ओभरमा जोसुअ ट्रोम्प र १३औं ओभरमा ललित राजवंशी आउट भए ।

जनकपुरका जोसुअ ट्रोम्पले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जनकपुरलाई एनपीएलकै लोएस्ट स्कोरमा रोक्न सुदूरपश्चिमका स्पीनरले नै ९ विकेट लिए । जसमा कप्तान दीपेन्द्रसहित हर्मित सिंह र इशान पाण्डेले २-२ विकेट लिए ।

यस्तै सैफ जैब, नरेन साउदले समान १ विकेट लिए । १३औं ओभरमा बलिङ गरेका पेस बलर स्कट कुगेलेइनले आफ्नो पहिलो बलमै विकेट लिएर खेल सकाए ।

सुदूरको जितमा प्लेअर अफ दि म्याच बनेका इशान पाण्डेले कुनै दबाब बिना खेलेको र १२० रन बनाएर डिफेण्ड गर्न सकिन्छ भन्ने सोच रहेको बताए । ‘हामीले कुनै पनि प्रेसर नलिइकन खेलेका थियौं ।

विहान ब्याटिङ गर्न गाह्रो नै थियो । ११५ देखि १२० रन जति बन्यो भने डिफेन्ड गर्न सकिन्छ भन्ने थियो,’ इशानले खेलपछि भने, ‘त्यही अनुसार बलिङ गर्‍यौं अनि जित सम्भव भयो ।’

सुदूरको सुरुवात, किशोरको ४ विकेट

पहिलो इनिङ्समा सुदूरपश्चिमले ब्याटिङमा राम्रो सुरुवात गरेको थियो । तर मिडल ओभरमा लगातार विकेट गुमाउँदा ठूलो स्कोरसम्म पुग्न सकेन ।

उता जनकपुरको लागि मिडियम पेसर किशोर महतोले सर्वाधिक ४ विकेट लिए । यसअघि जनकपुरका स्पीन बलिङले लगातार विकेट लिइरहेको थियो । तर आज सुदूरपश्चिमविरुद्ध भने पेस र स्पीन दुवैले विकेट झारे ।

जनकपुरका लागि किशोर महतोले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नयाँ बलमा विकेट लिन नसकेपनि किशवर डेथ ओभरमा ४ विकेट लिए ।

सुरुवाती दुई ओभरमा २० रन खर्चँदा उनी विकेटले सथिए । तर उनले १८औं ओभरमा आरिफ शेख, इशान पाण्डे र स्कट कुगेलेइनलाई आउट गरे । यस्तै २०औ ओभरमा नरेन साउदलाई आउट गरे ।

किशोर बाहेक जनकपुरका स्पीनरद्वय शेर मल्ल र अरनिको यादवले समान २ विकेट लिए । शेरले ४ ओभरमा १९ तथा अरनिको यादवले ३ ओभरमा १६ रन खर्चिए ।

त्यसअघि सुदूरले राम्रो सुरुवात गर्दै पावर प्लेमा कुनै विकेट गुमाएको थिएन । सुदूरपश्चिमका सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए ।

हर्श थाकरले आठौं ओभरमा यो साझेदारी तोडेपछि सुदूरले नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो । पहिलो विकेट गुमाएपछि सुदूरपश्चिमको इनिङ्स धर्मराएको थियो ।

तपाईको प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

विमानस्थल अध्यागमनका कर्मचारीले  नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

विमानस्थल अध्यागमनका कर्मचारीले नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

कक्षा १२ को परीक्षाआजदेखि

गत वर्षभन्दा यस वर्ष सुधार भयो एसईईको नतिजा

ताजा खबर

सरकारले ब्याजदर घटाउने उपाय खोज्दैछ : प्रधानमन्त्री प्रचण्ड

सरकारले ब्याजदर घटाउने उपाय खोज्दैछ : प्रधानमन्त्री प्रचण्ड

आत्मदाहको प्रयासअघि प्रेमले लेखेका थिए-सबै उपाय लाउँदा पनि केही भएन

आत्मदाहको प्रयासअघि प्रेमले लेखेका थिए-सबै उपाय लाउँदा पनि केही भएन

pratrakar

सहकारी सुधार्न महासंघको १३ बुँदे ध्यानाकर्षण

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

पूर्वमन्त्री न्यौपानेले भने– धरौटी राख्ने रकम छैन, सुकुमवासीले त्यत्रो बिगो कहाँबाट तिरौं ?

पूर्वमन्त्री न्यौपानेले भने– धरौटी राख्ने रकम छैन, सुकुमवासीले त्यत्रो बिगो कहाँबाट तिरौं ?

जि.डि. कन्सेप्ट प्रा.लि.
सम्पर्क ठेगाना: काठमाडौं, बागमती प्रदेश
सम्पर्क नं.: +977-9851247203
इमेल: [email protected]


सूचना  विभाग दर्ता नं.: ४६३८/२०८१/२०८२ 
प्रेस काउन्सिल दर्ता नं.: ४६४१/२०८०/२०८१

हाम्रो टीम
अध्यक्ष सम्पादक: डोल्मासाङ तामाङ
Email: dolmasangtamang @kcc.edu.np
सम्पर्क नं.: 9864489820
सम्पादक: अनिल कुलुङ

संवाददाता
इमान तामाङ
युनिशा तामाङ

विज्ञापनको लागि सम्पर्क
+977-9810581727
+977-9849353568
E-mail: [email protected].


ब्यवस्थापन: नोरमान तामाङ
सम्पर्क नं.: 9851247203

© 2024 | thirdpoletimes.com | All Rights Reserved

Designed By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2024 Third Pole Time