• Privacy Policy
  • Disclaimer
Wednesday, March 18, 2026
Third Pole Times
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

thirdpole times
Third Pole Times
No Result
View All Result

पहिरोमा परेका भाइलाई बचाउदा आमा गुमाए

Author Avatar न्यूज डेस्क २०८१ असार २८, शुक्रबार १९:३८
पहिरोमा परेका भाइलाई बचाउदा आमा गुमाए

पोखरा । पहिरोमा परेर परिवारका सबै सदस्य गुमाएका १७ वर्षीय पवन परियार ब्रतबन्ध गरेर किरिया बसेका छन् ।

उनी पनि पहिरोमा परेका थिए । पहिरोले आधा शरीर डुबाइसकेको थियो। त्यहीबेला अंकलका छोरा कुमार परियार उद्धारमा गए । पहिरो पन्छाएर पवनलाई बाहिर निकाले ।

पोखरा–१९ तल्लाकोट ठाँटीमा बिहीबार राति करिब १० बजे गएको पहिरोमा परेर पवनका बुवा ४६ वर्षीय कुलबहादुर परियार, आमा ४३ वर्षीया मनकुमारी परियार, हजुरआमा ८५ वर्षीया लक्ष्मी परियार, बहिनी १५ वर्षीय प्रशना परियार, दिदी प्रभा र भिनाजू अस्मित परियारले ज्यान गुमाए ।

अविरल वर्षासँगै साँझ खाना खाएर सुत्न लागेका बेला अचानक पहिरो आउँदा उनीहरूको ज्यान गएको थियो ।

‘ठूलो पानी परिरहेको थियो। अचानक ‘गड्याङ्ग’ आवाज आयो । पहिरो गयो भनेर हेर्न जाँदा भाइ (पवन) ले दाइ, दाइ, बचाऊ बचाऊ भनेर चिच्याएका थिए । हामीले पहिरो खोतलेर बचाउन सक्यौं,’ उनले भने ।

उनका अनुसार हजुरआमा शौचालय गएर फर्किएपछि ढोका लगाउन पवन बाहिर निस्केका थिए । त्यहीबेला पहिरो आएर उनलाई बाहिर हुँत्याइदिएको थियो । पहिरोले कम्मर माथिसम्म गढेर बसेका थिए पवन ।

पहिरोबाट भाइ पवनको उद्धार गरेका कुमारले आफ्नी आमा राधिका परियारलाई गुमाएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा भेटिएका कुमार अंकलको परिवार बचाउन जाँदा आमा घरबाहिर निस्किएकी थिइन् । त्यहीबेला आमा राधिकालाई पहिरोले पुरेछ ।

पवन र कुमारका बुवाहरू दाजुभाइ हुन् । पवनको घरअगाडि कुमारको घर छ । पहिरोले पवनको घर पूर्ण रूपमा पुरेको छ भने कुमारको घर पछाडिसम्म पुगेको छ । सुवर्ण परियार र मानबहादुर लामिछानेको घर पनि पहिरोले क्षति पुगेको वडा सदस्य विकास आचार्यले जानकारी दिए ।

पवनको घरमाथि बुधबार नै सानो पहिरो देखिएको थियो । पहिरोबाट पानी बगिरहेको थियो। मूल फुटेर जलमग्न थियो ।

घरमाथि पहिरो गएर जोखिममा परेको थाहा पाएर पवनकी दिदी प्रभा र भिनाजू अस्मित बिहीबार साँझ घर गएका थिए । स्याङ्जाको अर्जुनचौपारी विवाह गरेर पुगेका उनीहरू पोखराको नदीपुर बस्थे । प्रभाले मन्टेश्वरीमा पढाउँथिन् भने अस्मितले पनि जागिर गरेका थिए ।

बिहीबार साँझ प्रभा, अस्मित, कुमार र पवन सँगसँगै पहिरो भएको ठाउँसम्म पुगेका थिए । उनीहरू पहिरो हेरेर फर्किएका थिए। पहिरोबाट बगेको पानी तर्काउन सक्ने थिएन । पानी परिरहेकाले जोखिम बढेकै थियो ।

बिहीबार साँझ नै वडा सदस्य विकास आचार्य पनि पहिरो हेर्न पुगेका रहेछन् । उनले पहिरोको जोखिम भएकाले अन्यत्र गएर बस्न सुझाव दिएका थिए ।

पहिरोमा अंकलका परिवारको उद्धार गर्न पुगेका कुमार आफै पनि घाइते भएका छन् । उनको हातमा पहिरोले ददारेको छ । डाक्टरले प्लाष्टर गरिदिएको छ, पहिरोमा उद्धार गर्दैगर्दा पनि निरन्तर पहिरो झरेकाले भागदौड गर्दा हात ददारेको उनले बताए ।

पवनको घर र राम आचार्यको घर वारिपारि छ । बीचमा सडक। पहिरो झरेको थाहा पाउनासाथ रामले नै वडा सदस्य विकासलाई खबर गरेका थिए । विकास पनि त्यहीँ नजिकका थिए । विकासले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत उद्धार टोली बोलाएर राति १ बजेसम्म सबै परिवारको उद्धार गरिसकेका थिए ।

पवनको उद्धार गर्दा भने स्थानीय युवा मात्र थिए । उद्धार टोली आएर पहिरोबाट निकाल्दा १५ वर्षीय प्रशना परियारको सास बाँकी नै थियो । अस्पताल ल्याउँदा ल्याउँदै उनको मृत्यु भएको रामले बताए ।

‘जेसिबी र उद्धार टोली लगाएर छिटो-छिटो नै उद्धार गरेका थियौं । सानी नानीलाई जीवितै भेटेको थियौं,’ उनले भने, ‘अस्पताल ल्याउँदा ल्याउँदै सकिएछ ।’

पहिरोमा परेर पोखरा–३२ चैनपुर बाह्रबिसेमा पनि ३ जनाको ज्यान गएको छ । शुक्रबार बिहान सवा २ बजेतिर स्थानीय ४० वर्षीय आरती ओझाको घर पुरिँदा ११ वर्षीय छोरी अनुष्का ओझा र १८ वर्षीय अनिता ओझा परेका छन् ।

पहिरोमा पुरिएको आरतीको ढाड भाँचिएको छ । टाउको र खुट्टामा पनि चोट लागेको छ, उनको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । आरतीका श्रीमान शिवराज ओझा रोजगारीका लागि भारत छन् । साथीहरूले उनलाई ल्याउँदै गरेको आरतीका भाइ अमृत कँडेलले बताए ।

उपचारमा ल्याउँदा बेहोस आरतीको अहिले होस आएको छ । पहिरोमा पुरिँदाको चोटको दुखाइले उनी आत्तिएको अमृतले बताए । ‘दिदी बेडमा दुख्यो भनेर रोइरहनुभएको छ। छोरीहरूलाई खोजिदेऊ। फोन गरिदेऊ भन्नुहुन्छ,’ उनले भने, ‘उनीहरू पनि पहिरोमा पुरिएको दिदीले थाहा पाउनुभएको छैन ।’

राति शौचालय जान ५५ वर्षीय छोरा ओमबहादुरले डोर्या‍उँदै बाहिर निकालेका थिए । त्यही बेला पहिरोमा पुरिएर आमा मैतकुमारीको मृत्यु भएको मादी– ११ का वडाध्यक्ष चलचित्र गुरूङले बताए ।

बाढी र पहिरोबाट पीडित भएका व्यक्तिको राहत र उद्धारमा कुनै कसर बाँकी नराखेको कास्कीका सिडिओ भरतमणि पाण्डेले बताए । उद्धार गरिएका व्यक्तिलाई पुनर्स्थापना र राहतका लागि पनि स्थानीय तहसँग समन्वय गरेको बताए ।

‘कास्कीको तीनवटै ठाउँमा पुगेर मैले उद्धार र राहतको अवस्था बुझेको छु । यस्तो झरीमा पीडितलाई त्रिपालमा राख्नुभन्दा सामुदायिक भवन वा आफन्तको घरमा राख्न वडाध्यक्षसँग समन्वय गरेको छु,’ उनले भने, ‘उद्धारपछि राहत पनि छिट्टै वितरण हुन्छ।’

सरकारले बाढी, पहिरो लगायत प्राकृतिक विपत्तिमा परेर कम्तीमा एक जना परिवारका सदस्य गुमाएका परिवारलाई २ लाख रुपैयाँ नगद राहत दिन्छ । एकै परिवारका एक जनाभन्दा बढी सदस्यको ज्यान गएमा प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले बढाएर राहत रकम प्रदान गरिने सिडिओ पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

विमानस्थल अध्यागमनका कर्मचारीले  नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

विमानस्थल अध्यागमनका कर्मचारीले नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

कक्षा १२ को परीक्षाआजदेखि

गत वर्षभन्दा यस वर्ष सुधार भयो एसईईको नतिजा

ताजा खबर

गाडीले ठक्कर दिंदा भक्तपुरमा एक जनाको मृत्यु

गाडीले ठक्कर दिंदा भक्तपुरमा एक जनाको मृत्यु

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप

सबैका लागि वैकल्पिक शिक्षा

सबैका लागि वैकल्पिक शिक्षा

बाढीले दोलखामा तीन घर बगायो, एकजना बेपत्ता

बाढीले दोलखामा तीन घर बगायो, एकजना बेपत्ता

अखिल क्रान्तिकारीमा नयाँ प्यानल बनाउन कसरत

अखिल क्रान्तिकारीमा नयाँ प्यानल बनाउन कसरत

जि.डि. कन्सेप्ट प्रा.लि.
सम्पर्क ठेगाना: काठमाडौं, बागमती प्रदेश
सम्पर्क नं.: +977-9851247203
इमेल: [email protected]


सूचना  विभाग दर्ता नं.: ४६३८/२०८१/२०८२ 
प्रेस काउन्सिल दर्ता नं.: ४६४१/२०८०/२०८१

हाम्रो टीम
अध्यक्ष सम्पादक: डोल्मासाङ तामाङ
Email: dolmasangtamang @kcc.edu.np
सम्पर्क नं.: 9864489820
सम्पादक: अनिल कुलुङ

संवाददाता
इमान तामाङ
युनिशा तामाङ

विज्ञापनको लागि सम्पर्क
+977-9810581727
+977-9849353568
E-mail: [email protected].


ब्यवस्थापन: नोरमान तामाङ
सम्पर्क नं.: 9851247203

© 2024 | thirdpoletimes.com | All Rights Reserved

Designed By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2024 Third Pole Time