• Privacy Policy
  • Disclaimer
Wednesday, March 18, 2026
Third Pole Times
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि
No Result
View All Result

thirdpole times
Third Pole Times
No Result
View All Result

असफलता नै सफलताको चाभी

Author Avatar न्यूज डेस्क २०७७ श्रावण १६, शुक्रबार १०:५१
असफलता नै सफलताको चाभी

निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणी (सह-सचिव) पद मधेशी युवाको लागि फलामको च्यूरा सावित भइरहेको अवस्थामा भर्खरै समावेशी समूहको मधेशी कोटाबाट सह-सचिव पदमा सिफारिस भई नियूक्ती हुन सफल भएका एक मधेशी यूवा हुन रामकुमार महतो । २०५६ सालमा निजामती सेवाको श्रेणी विहीन पद पियनबाट सरकारी सेवामा प्रवेश गरी राष्ट्र र जनताको सेवा गर्ने अठोट लिएका थिए उनले । तर दूर्भाग्यवश पियन पदमा सफल हुन सकेनन् उनी । निरन्तर मिहिनेत र लगनशीलतालाई निरन्तरता दिदै २०५९ साल असोज १६ गते लोक सेवा आयोगबाट सह- लेखापाल पदमा सफल भए उनी र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सल्यानमा सिफारिस भए । केही वर्ष पछि सल्यानबाट पशु सेवा कार्यालय धनुषामा सरुवा भए । सरकारी सेवा सँगै अध्ययनलाई निरन्तरता दिने स्वाभाव थियो उनको । मिहिनेत गर्ने, असफलता सँग हार नखाने र निस्पक्षतामा विश्वास गर्ने जोसुकैलाई निजामती सेवा करिअरको आकर्षक प्लेटफर्म हो, धारणा बोकेको थिए ।

उनी निजामती सेवा मार्पmत देश र जनताको सेवा गर्न सकिन्छ, भने उत्साह बोकेर अगाडी बढेको भन्छ उनी । निरन्तरको मिहिनेत र आत्मविश्वासले अघि बढ् दा सफलता हात लाग्छ, उनलाई विश्वास थियो । २०६६ सालमा उनी लेखा समूहको लेखापाल पदमा उर्तीण भएर चरण तथा घाँसेवाली विउ वृद्धि फर्ममा जिम्मेवारी सम्हाले । २०६८ सालमा लोक सेवा आयोगले शाखा अधिकृत, (राजपत्रांकित तृतिय श्रेणी) को विज्ञापित पदमा आवेदन दिएर तयारीमा जुटे । निरन्तरको मिहिनेत र आत्मविश्वासले उनी सफल पनि भए । शाखा अधिकृतको पदस्थापन इलाका प्रशासनकार्यालय, कंचनपुर सप्तरीमा भयो उनको । निजामती सेवाको पिपन पद (श्रेणी विहीन) बाट यात्रा सुरु गरेको र निजामती सेवाको नीति निर्माण तह सह-सचिव (प्रथम श्रेणी) सम्म पुगेका उनै रामकुमार महतो सँग टुडेकर्मी राजेन्द्र यादवले गरेका कुराकानीका सम्पादित अंश- प्र. निजामती सेवाको पियन पदबाट नीति निर्माण तहमा पुग्दा कस्तो अनुभव भइरहेको छ ? सेवा प्रवेशको १८ औ वर्षमा पुगेको छु ।

निजामती सेवामा लागेको करिव २ दशक हुन लागेको छ । अहिले सम्मको अनुभव राम्रै छ । जहाँसम्म तपाइले सह-सचिव बन्न पाउदा कस्तो अनुभव गर्नु हुन्छ सोध्नु भयो ? खुशी नै छु । आफूसँग भएको ज्ञान, विवेक, उर्जालाई अधिकतम प्रयोग गर्दै राष्ट्र र जनताको सेवालाई मुख्य केन्द्रविन्दु मानी अघि बढ्दै आएको छु म जहिल्ये नि जुनसुकै कार्यालयमा हुँदा त्भबm धयचप मा विश्वास गर्छु । कार्यालयको तोकेको काम र लक्ष्य प्राप्तीको लागि कार्यालय प्रमुख लगायत सम्पूर्ण कर्मचारीको योगदान समान हुनुपर्छ भने धारणा राख्छु । नागरिककै सेवाको लागि आपूmहरु रहेको, सार्वजनिक सेवा प्रवाहप्रति पवित्र भावना बोकी अगाडी बढिरहेको छु । निरन्तर मिहिनेत गर्दै गयो भने सफलता अवश्य नै भेट्छ । हरेस खानु हुँदैन् असफलता नै सफलताको आधारस्तम्भ हो ।

प्र. धनुषाको स्थानीय तह नगराइन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भई कार्य सम्पादन गरेकै हो, स्थानीय तहमा काम गर्न कतिको सजिलो छ ? सिकाईको चरणमा छ, स्थानीय तह । जुन २० वर्ष जनप्रतिनिधिविहीन भयो नि, त्यसले नै समस्या निम्तियायो । यसपछि एकैपटक नयाँ नयाँ जनप्रतिनिधिहरु चुनिएका छन् । पुराना अनुहारहरु धेरै कम आएका हुन् । नयाँ मध्ये अधिकांशलाई ऐन, कानूनसँग विधिको शासन, सुशासनका कुराहरु जानकारी नहुँदा सिकाईको चरणमा रहेको छ । नगराईन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा जनप्रतिनिधिहरुसँग बैठकमा एउटै कुरा भन्थे-हामी भनेको देश र जनता सेवाका लागि हौं । न की शासन गर्नलाई । राज्य सत्ताको सार्वभौम शक्ती जनता नै हुन् । हाम्रो उद्येश्य एउटै हो । सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्नु ।

कर्मचारीको हकमा समग्रमा स्थानीय तह जटिल छ । नगराइनमा हुँदा समग्रमा विवादरहीत तवरले संचालन गरे । प्र. अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि बीच मनमुटावको स्थिति देखिन्छ ? स्वार्थ परित्याग गरी अगाढी बढयो भने मनमुटावको स्थिति आउँदैन । जहाँ नियम कानून संगत हुने प्रकृतिका कामहरु गर्न जनप्रतिनिधिहरुबाट दबाब आउँछ, त्याहाँ मनमुटावको स्थिति उत्पन्न हुन्छ । स्वार्थ परिपूर्ती हुँदैन भने त्यहाँ द्वन्द उत्पन्न हुन्छ । साकारात्मक परिवर्तनको लागि द्वन्द हुनुपर्छ नभई परिवर्तन हुँदैन । कर्मचारी भनेको प्रचलित कानूनको परिधि भित्र रहि कार्य संचालन गर्ने जिम्मेवारी पाएका प्राणी हो । प्र. जनप्रतिनिधिलाई प्रमुख प्रशासकीय अधिकृतले टेरेनन् भन्ने प्रश्न उठेको छ नि ? कानूनद्वारा प्रदत हकअधिकार, सेवा जनताले निर्वाद रुपमा हक भोग गर्न पाउनु पर्दछ ।

जनता सेवा गर्न हामी आएका हौं । हामी नेपाल सरकारबाट जनता सेवाको लागि छनौट भएर आएका हौं भन्ने भावनाले सेवा प्रवाह गर्नुपर्छ । प्रक्रियामुखि सेवाभन्दा नतिजामुखि सेवामा जोड दिनुपर्छ । जति दिन जहाँ बस्छु, जनता सेवा गर्छु । सेवाग्राहीले पनि आप्mनो दायित्व र जिम्मेवारी बुझिदिएमा अझ सेवा प्रवाहमा प्रभावकारिता आउने छ । जहाँसम्म जनप्रतिनिधिहरुलाई प्रमुख प्रशासकीय अधिकृतले टेरेन् भन्ने कुरा छ । प्रचलित ऐन कानूनसँग मिल्ने काम प्रमुख प्रशासकीय अधिकृतले गर्ने हो । कानून विपरित काम गर्न जनप्रतिनिधिहरुबाट दबाब आउने गरेकोले गर्न नसकिएमा टेरेन भन्ने आरोप लाग्छ ।

सेवाग्राही र सेवाप्रदायक बीच सुमधुर सम्बन्ध राख्ने राजनीतिकर्मी र कर्मचारीको दायित्व हो । आप्mनो दायित्व नबुभ्mने अनि प्रमुख प्रशासकीय अधिकृतले टेरेन भन्ने आरोप लगाउने गरेका छन् । प्र. स्थानीय तहमा काम गर्ने चुनौती छ । तर, स्थानीय तहको चुनौतीको सामना गर्दै सह-सचिवमा नाम निकाल्न सफल हुनुभयो । भनिन्छ, सहसचिवमा नाम निकाल्नको लागि महिनौ ढोका थुनेर अध्ययन गर्नुपर्छ ? यहाँले कुनै सुत्र हात पार्नुभएछ की ? नगराइन नपाको प्रमुख प्रशासकीय अधिकृत रहँदा जनकपुरधाम नजिक भएता पनि नपामै बस्थे । कुनै पनि हाकिम बस्नुभएन् । एक दिन समान्य र्दुव्यवहारको सामना गर्नुपर्यो ।

कामको जोखिम हुँदाहुँदै काम सकेर बचेको समय अध्ययन राति, बिहान समय व्यवस्थापन गरेर उच्च तह प्रशासनिक सेवामा काम गर्न उत्साहित थिए । पाठ्यक्रम घोकेर भन्दा कामको व्यवहारिक पक्षको अनुभव बुभ्mनलाई कार्यालयमा बस्थे । जनताको समस्या र तीनका समस्याको उपायहरु बारे मनन गर्थे । सरकारी तवरबाट हुनुपर्ने के हो, भइरहेको के छ । यावत विषयमा चिन्तन गर्थे । व्यवहारिक अध्ययन, सैद्धान्तिक पत्रपत्रिका यावत समाग्रीहरु संकलन गरी अध्ययन गर्थे । स्थानीय तहमा मुख्य चुनौती क्षमता विकासको हो ।

नयाँ नयाँ प्रकृतिका समस्याहरु आउने , नयाँ संरचना, नयाँ संविधान, धेरै ऐन कानून कार्य विधिहरुको अभावले राजनीतिकर्मी र कर्मचारी बीच नमिल्नु विधि प्रक्रिया, जनशक्ती अभाव, पूर्वाधार अभाव लगायतका पक्षहरुमा उल्लेख्य सुधार हुन नसकेकोले स्थानीय तहको स्थिति समग्रमा दयनीय देखिन्छ । आन्तरिक श्रोत परिचालन र सो को समुचित व्यवस्थापन हुन नसकेकोले अपेक्षित परिणाम आउन नसकेको यथार्थलाई स्वीकार गर्नैपर्छ । साधनश्रोत सीमित तथा जनअपेक्षा अधिकतम भएकोले एक किसिमको निरासा जनतामा देखिन्छ । स्थानीय तहहरुको परनिर्भरता संघीय सरकार र प्रदेश सरकारमा बढ्दै गइरहेको छ ।

बजेट वितरण प्रणाली, प्राथमिकीकरण आवश्यक्ताको आधारमा नभई राजनीति वाँडफाँटको आधारमा भइरहेकोले यसलाई नियन्त्रण गर्नु आवश्यक छ । बजेट वितरण प्रणाली वैज्ञानिक हुनुपर्छ । जहाँसम्म सफलताको सुत्रको कुरा गर्नुभो । कुनै सुत्र त्यस्तो मैले हात पारेको छैन् । निरन्तरको मिहिनेत र आत्मविश्वासको प्रतिफल हो यो । निजामती सेवामा भविष्य देख्नेहरुलाई केही सुझाव छ ? सर्वप्रथम आत्मविश्वास (सेल्फ कन्फिडेन्स) हुनुपर्यो । विश्वास, संकल्प,अध्ययन (अर्जुनदृष्टि) कुन क्षेत्रमा जानुपर्ने हो । त्यसतर्पm बाटो तय गर्नुपर्छ । जो सुकै क्षमता विकास गरी अव्वल स्थापित भइन्छ । अध्ययन त्यति जटिल छैन,जसरी किसानले कृषि कर्म कडा र जटिल छ । किसानको दैनिकी कहिल्यै अन्त्यहुँदैन । निर्धारित पदको लोकसेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम सँग छुर्रा जस्तो तेजिलो बनाई अध्ययन गर्नुपर्छ । मेरो बुझाईमा अधिकांश मानिसहरुको स्मरण शक्ती औषत हुन्छ ।

जसको समुच्चित प्रयोग गरेन भने छुर्रामा खिया लागेको जस्तो भुतो हुन्छ । रिपिट एण्ड रिपिट । लक्ष्य निर्धारण दृढ संकल्प गरी गन्तव्य तय गरी अध्ययन गरेमा यस सेवामा आउने साथीहरुको भविष्य उज्जवल देख्छु । आत्म विश्वासका साथ अगाडी बढे भने सफल अवश्य नै भइन्छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीको नीतिगत अपचलन नै ८५ करोड

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

जसपा नेपाल, ताम्सालिङ राष्ट्रिय समितिले आगामी भाद्र ११ र १२ गते अधिवेशन गर्ने

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

शुक्रबार बिहान ७ महिनापछि बस्यो काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक

विमानस्थल अध्यागमनका कर्मचारीले  नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

विमानस्थल अध्यागमनका कर्मचारीले नैतिक संहिताअनुसार यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

कक्षा १२ को परीक्षाआजदेखि

गत वर्षभन्दा यस वर्ष सुधार भयो एसईईको नतिजा

ताजा खबर

jaleshwarnath

जलेश्वर चिनाउन धार्मिक यात्रा

शीतल चिनी खेती गर्न दुबईबाट फर्किए

शीतल चिनी खेती गर्न दुबईबाट फर्किए

नेपालले पूर्वाधार क्षेत्रमा चीनको लगानी खोजेको छ : प्रधानमन्त्री प्रचण्ड

नेपालले पूर्वाधार क्षेत्रमा चीनको लगानी खोजेको छ : प्रधानमन्त्री प्रचण्ड

बुबाबाट गर्भवती भएकी बालिकाको जिम्मेवारी सयात्रीले लियो

बुबाबाट गर्भवती भएकी बालिकाको जिम्मेवारी सयात्रीले लियो

यस्तो छ, मधेश प्रदेशसभाको प्रगति

यस्तो छ, मधेश प्रदेशसभाको प्रगति

जि.डि. कन्सेप्ट प्रा.लि.
सम्पर्क ठेगाना: काठमाडौं, बागमती प्रदेश
सम्पर्क नं.: +977-9851247203
इमेल: [email protected]


सूचना  विभाग दर्ता नं.: ४६३८/२०८१/२०८२ 
प्रेस काउन्सिल दर्ता नं.: ४६४१/२०८०/२०८१

हाम्रो टीम
अध्यक्ष सम्पादक: डोल्मासाङ तामाङ
Email: dolmasangtamang @kcc.edu.np
सम्पर्क नं.: 9864489820
सम्पादक: अनिल कुलुङ

संवाददाता
इमान तामाङ
युनिशा तामाङ

विज्ञापनको लागि सम्पर्क
+977-9810581727
+977-9849353568
E-mail: [email protected].


ब्यवस्थापन: नोरमान तामाङ
सम्पर्क नं.: 9851247203

© 2024 | thirdpoletimes.com | All Rights Reserved

Designed By: PROTECH

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध/सुरक्षा
    • धर्म/संस्कृति
    • विज्ञान/प्राविधि

© 2024 Third Pole Time